चितवन : चितवन सहकारी संघ लिगको आयोजनामा भारतको पटनास्थित सुधा डेरीका अध्यक्ष तथा सञ्चालकहरूको नेपालका सहकारीहरूको अध्ययन तथा अवलोकन भ्रमणका क्रममा जिल्ला सहकारी संघ लि चितवनमा स्वागत गरिएको छ। सो अवसरमा नेपाल र भारतका दुई छिमेकी देशबीचको सहकारी अभियान, अनुभव आदान–प्रदान तथा आपसी सहकार्यका सम्भावनाका विषयमा सार्थक छलफल सम्पन्न भएको छ।
कार्यक्रम संघका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अम्मे सहभागी हुनुहुन्थ्यो। त्यस्तै विशिष्ट अतिथिका रूपमा शरदकुमार बाला (जिल्ला सहकारी संघ लिग अध्यक्ष) तथा संजय कुमार (चितवन जिल्ला सहकारी संघ लिग अध्यक्ष) को उपस्थिति रहेको थियो।
भारतको पटनास्थित सुधा डेरीका अध्यक्ष सत्रुधन राय, बास्कीनाथ सिंह (सञ्चालक) तथा राजीव कुमार (अफिसर, पढना डेरी प्रोजेक्ट) लगायतको सहभागिता रहेको थियो।
नेपाल पक्षबाट भागीरथ तिमल्सेना, कल्याण अधिकारी, छविलाल भुषाल, शिवप्रसाद पौडेल, भातप्रसाद चकल तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा दुग्ध उत्पादन, संकलन, प्रशोधन, बजारीकरण तथा सहकारी व्यवस्थापनका विविध पक्षमा विस्तृत छलफल गरिएको थियो। साथै नेपाल–भारत दुग्ध सहकारीबीच अनुभव आदान–प्रदान, प्राविधिक सहयोग, क्षमता विकास तथा दीर्घकालीन सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको थियो।
वक्ताहरूले सहकारी क्षेत्रको सुदृढीकरणका लागि अन्तरदेशीय सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले दुग्ध उत्पादन क्षेत्रको आधुनिकीकरण र बजार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्