वाग्मती

स्वास्थ्य मन्त्री जोशीद्वारा अस्पतालहरुमा सवारी पार्किङ्ग निःशुल्क गर्न निर्देशन

हेटौंडा –  बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालहरुलाई सवारी पार्किङ शुल्क नलिन निर्देशन दिनु भएको छ । मन्त्री जोशीले बिरामीहरुको चाप उच्च रहने चितवनका चार ठूला अस्पतालहरुलाई पार्किङ शुल्क नलिन निर्देशन दिनु भएको हो । मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र विपी कोइराला मेमोरियल क्यान्सर […]

पूरा पढ्नुहोस्

चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

चितवन – चितवन जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु एक सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु ९५ का दरले अनुदान […]

पूरा पढ्नुहोस्

चितवनमा एक वर्षमा ४७५ फरार प्रतिवादी पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो । उनीहरुबाट ८० वर्ष १० महिना सात […]

पूरा पढ्नुहोस्

हरियो बजार : यसैमा हराउने कि बाहिर निस्किने ?

कुनै विषयमा लेखिहाल्नुअघि निकै पटक घोत्लिरहनुपर्ने अवस्था आइसक्यो । प्रविधिको समयमा कहाँ कसरी बोल्ने मान्छेलाई घेरिन्छ पत्तो हुँदैन । यद्यपि केही विषय यस्ता छन्, तिनका विषयमा मौन बसे स्वयंलाई प्रश्नको घेरामा सधैंभरि राखिन्छ । सिमोन दि बोउवारको ‘द सेकेण्ड सेक्स’ किताब पढ्ने क्रममा उनले आधुनिक स्त्री निर्माणकाल खण्डको युवती शीर्षकमा पुगेपछि म निकैबेर घोत्लिएकी थिएँ […]

पूरा पढ्नुहोस्

गत आवमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडा मरे

चितवन –  चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए […]

पूरा पढ्नुहोस्

इच्छाकामना गाउँपालिकाद्वारा कृषक समूहलाई कृषि एम्बुलेन्स हस्तान्तरण

चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले आईतबार इच्छाकामना २ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तारण गरेको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं. २ का वडाध्यक्ष पंच बहादुर चेपाङ, वडा नं. ४ […]

पूरा पढ्नुहोस्

मौलाकाली केवलकारको टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर

नवलपुर,१ साउन – मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको हो । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानाकारी दिए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य […]

पूरा पढ्नुहोस्

रत्ननगरमा ‘विपन्न उपचार कोष’ सञ्चालन

रत्ननगर – पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा रु ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको […]

पूरा पढ्नुहोस्

मनाइयो सोमबारे औँशी

काठमाडौँ – सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ ।सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । श्रावण कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलेर स्नान गरे मनोकाङ्क्षा […]

पूरा पढ्नुहोस्

साउनको पहिलो सोमबार देवघाट धाममा स्नान गर्नेको भीड

भरतपुर – पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ । भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट […]

पूरा पढ्नुहोस्