२७ असार २०८०, बुधबार ०८:४४
चितवन, २७ असार
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा गत आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस्