नुवाकोट- आशिष सामाजिक सेवा नेपालले भोटेकोसी वाढी प्रभावितका लागि सय वटा ग्याँस सिलिन्डर सहितको राहत सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थाले नुवाकोटको विदुर नगरपालिका ९ स्थित होल्डिङ सेन्टरमा रहेका प्रभावितहरुको लागि राहत सामाग्री हस्तान्तरण गरेको हो ।
सरकारले मासिक घर भाडा दिने भएपछि होल्डिङ सेन्टरबाट कोठामा सर्ने तयारीमा रहेका प्रभावितहरुको लागि वडा नं ९ को माग बमोजिम राहत सामाग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम निर्देशक युवराज वि क ले जानकारी दिनुभयो ।
१ सय परिवारका लागि ग्याँस सिलिन्डर र चुल्होको सेट साथै अन्य परिवारका लागि राहत सामाग्री वितरण गरिएको हो । संस्थाले वडा कार्यालयसँग पुर्व जानकारी लिई आवश्यकता पहिचान गरि सामाग्री वितरण गरेको निर्देशक वि क ले जानकारी दिनुभयो ।
विदुर ९ का वडा अध्यक्ष हरिराम भण्डारीले संस्थाले आवश्यकता पहिचान गरि सामाग्री हस्तान्तरण गर्दा प्रभावितहरुको व्यवस्थापनमा सहयोग पुगेको वताउनु भयो । आवश्यकता पहिचान नगरि सामाग्री वितरण गर्दा धेरै राहत सामाग्री खेर जाने अवस्था समेत रहेको उहाँले बताउनु भयो ।
संस्थाले प्रभावितहरुको पुर्नस्थापना र महिला बालबालिकाको सेवाका लागि आगामी दिनमन स्थानीय तहसँग समन्वय गरि कार्यक्रम अगाडि वढाउने प्रतिवद्वता समेत व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्