गैंडाकोट, असार २४— काठमाडौँ विश्वविद्यालय (केयू) सम्बद्ध एनआईटी (NIT) कलेज, गैंडाकोटले शैक्षिक सत्र २०२६ (२०८३/८४) का लागि स्नातक तहअन्तर्गत बीआईटी कार्यक्रमको भर्ना खुला गरेको छ। कलेजले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक अनुभव र आर्थिक आत्मनिर्भरता दिलाउने उद्देश्यले ‘Earn While You Learn’ (पढ्दै कमाउँदै) कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने जनाएको छ।
आधुनिक सूचना प्रविधि (आईटी) क्षेत्रको बढ्दो मागलाई सम्बोधन गर्दै कलेजले २ अन्तर्राष्ट्रिय तथा ८ राष्ट्रिय आईटी कम्पनीसँग समझदारीपत्र (एमओयू) गरेको छ। उक्त सहकार्यमार्फत विद्यार्थीहरूले अध्ययन अवधिमै सशुल्क इन्टर्नशिप, अंशकालीन रोजगारी तथा उद्योगसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर प्राप्त गर्नेछन्।
कलेजका अनुसार ‘पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठाको ज्ञानलाई व्यवहारमा उतार्ने, कार्य अनुभव हासिल गर्ने तथा अध्ययनकै क्रममा आम्दानी गर्ने अवसर प्रदान गर्नेछ। यसले भविष्यको रोजगारी तथा करिअर विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास कलेजको छ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिप लर्निङ, मेसिन लर्निङ, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, डाटा साइन्सलगायतका आधुनिक तथा रोजगारमुखी प्रविधिमा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्। साथै उद्योग विज्ञ तथा कम्पनी विशेषज्ञबाट प्रत्यक्ष मेन्टरसिपको सुविधा पनि उपलब्ध गराइनेछ।
काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री, आधुनिक कम्प्युटर ल्याब, डिजिटल शिक्षण वातावरण, उद्योगसँग जोडिएको शिक्षण प्रणाली, परियोजनामुखी अध्ययन पद्धति, छात्रवृत्ति व्यवस्था तथा अनुभवी प्राध्यापकहरूको अध्यापन एनआईटी कलेजका प्रमुख विशेषता रहेको कलेजले जनाएको छ।
चितवन, नवलपुर तथा आसपासका जिल्लाका विद्यार्थीहरूका लागि गुणस्तरीय आईटी शिक्षाको आकर्षक गन्तव्य बन्दै गएको एनआईटी कलेजले सीमित सिट उपलब्ध रहेकाले समयमै आवेदन दिन इच्छुक विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्