चितवन- नेपाल औषधि व्यवसायी संघ चितवनको कार्यसमिति सदस्यमा व्यवसायी राजन त्रिपाठी मनोनीत हुनु भएको छ ।
८औं अधिवेशन बाट निर्वाचित समितिको बैठकले मेडिकल व्यवसायी त्रिपाठीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हो । त्रिपाठी जनता केयर अस्पताल चनौली तथा हाईवे जनता केयर मुग्लिनका संचालक हुन् ।
नेपाल औषधि व्यवसायी संघ चितवनकाे आठौं अधिबेशनले युवा ब्यवसायि इन्द्रराज गैरेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेकाे थियोे ।
समितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, उपाध्यक्षमा तारानाथ अधिकारी (थोक), खुद्रातर्फ रूद्र सापकोटा, महासचिवमा टेकप्रसाद सापकोटा, कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल, सह–कोषाध्यक्षमा राजेश पौडेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विज्ञान पौडेल (थोक), दाजु प्रेम थापा (खुद्रा), श्रीनिवास पौड्याल (थोक), हरिप्रसाद ढकाल (खुद्रा), श्रीकृष्ण गौतम (खुल्ला), धनमाया लुइँटेल (खुल्ला) र शारदा ढकाल आचार्य (खुल्ला) चयन गरेका छन् ।

प्रतिकृया दिनुहोस्