३ बैशाख २०८२, बुधबार १३:५४
चितवन, ३ बैशाख
सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । २०८२ को तेस्रो दिन सुनको मूल्य एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । यसअघि चैत ३१ गते एक लाख ८६ हजार रुपैयाँमा कारोबार हुँदा उच्च मूल्यको रेकर्ड तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज एकैदिन सुनको मूल्य २७ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्