९ माघ २०८१, बुधबार १२:४१
चितवन, ९ माघ ।
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एक हजार नौ सय रूपैयाँले बढेको हो ।
योसँगै छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। हिजो ९मंगलबार० छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै मंगलबार सुन प्रतितोला एक हजार एक सय र आज एक हजार नौ सयले बढ्दा सुनको मूल्य दुईदिनमा प्रतितोला तीन हजार रूपैयाँले बढेको हो ।

प्रतिकृया दिनुहोस्