चितवन, ९ भदौ
भरतपुररचितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को तेश्रो दिन महिला उद्यमशीलता : सम्भाव्यता, अवसर र चुनौती विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक संस्था, चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पत्रकार प्रतिमा सिलवालले सहजीकरण गर्नुभएको छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा.भोजराज अर्याल मुख्य वक्ता रहनु भएको छलफल कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, सेवा आयोगका अध्यक्ष, प्रा.डा.कल्याणी मिश्र त्रिपाठी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लक्ष्मी प्रसाद पौडेल, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्रालय, महाशाखा प्रमुख, उद्योग वाणिज्य महाशाखा, महेश राज पौडेल, नारायणी डेभलपमेण्ट बैंक लि।, प्रमुख कार्यकारी अधिकृत बिष्णु रेग्मी प्यानलिष्टको भूमिकामा रहनुभएको थियो ।
छलफलमा विभिन्न क्षेत्रबाट आएका जिज्ञासाहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुले समाधान गर्ने प्रयास गरिएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्