चितवन, ७ भदौ ।
षट्कोण आमा समुह भरतपुर ४ लंकुले संस्थापक स्वर्गीय साबित्री कडेलको स्मृति सभा एवं तिज बिशेष भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक एवंम् धार्मिक व्यक्तित्व साबित्री कडेलको अगुवाईमा गठीत समुहले तिजको सन्दर्भ पारेर संस्थापकको योगदानको चर्चा र स्मरण गदै समुहको निरन्तरताको लागि उहाँले गर्नुभएको पहलको प्रशंसा सहित सम्मान गरेको हो ।

भरतपुर ४ लंकुस्थित लक्ष्मी वैकुण्ठनाथ मन्दिर परीसरमा बिहिवार सम्पन्न कार्यक्रममा समुहका अध्यक्ष तुलसी न्युरेको अध्यक्षता तथा स्वर्गीय कडेलकी बहिनी तथा आदर्श गृह नेपालकको संस्थापक, महिला अधिकारकर्मी मिना खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कवयत्री पुष्पा घिमिरेले कबिताको माध्यमबाट संस्थापक कडेलको जीवनी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा लक्ष्मी वैकुण्ठनाथ मन्दिरका प्रमुख संरक्षक जगन्नाथ गुरु, अखण्ड बाबा उमानाथ कंडेल, समुहका उपाध्यक्ष श्री लिला कंडेल सचिब लक्ष्मी रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्