चितवन, १५ साउन
मानव वेचबिखन बिरुद्धको लडाईमा कुनै पनि बालबालिकालाई पछाडी नछोडौ भन्ने नाराका साथ बुधवार मानव वेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस २०२४ मा बिबिध जनचेतनामुलक कार्यक्रम गरिएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि ३० जुलाईको अवसरमा विश्वभर मानव वेचबिखन बिरुद्धको दिवस मनाईएको छ ।
दिवसको अवसरमा चितवनमा पनि बिबिध जनचेतनामुलक कार्यक्रम सहित मानव वेचबिखन नियन्त्रणका लागि जिल्लाका सरकारी निकायले बिभिन्न प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसै चितवन जिल्लामा रहेर हिसां तथा मानव वेचबिखन नियन्त्रणका लागि कार्यरत बिभिन्न संघ संस्थाहरुले नियन्त्रणका लागि अझै शसक्त पहल गर्ने बताएका छन् । मानव वेचबिखन नियन्त्रण जिल्ला सञ्जालको समन्वयमा चितवनका सरकारी तथा गैर सरकारी निकायको पहल र प्रतिबद्धता सहितको भिडीयो क्याम्पेन गरिएको छ ।
भिडियो क्याम्पेनका क्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख भाबेष रिमाल र भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले चितवन जिल्लामा वढिरेको आन्तरिक वेचबिखन न्युनिकरणका लागि आवश्यक समन्वय र सकार्य गर्दै अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै नागरीक समाजका तर्फवाट यौनजन्य हिसां बिरुद्धको साझा अभियान संयोजक तथा आदर्श गृहका अध्यक्ष मिना खरेल, साझा अभियानका सहसंयोजक तथा महिला शसक्तिकरण अभियानका अध्यक्ष संगिता भट्टराई, मानव वेचबिखन नियन्त्रण जिल्ला संजाल संयोजक तथा माईति नेपालका जिल्ला संयोजक ईश्वर गिरी, मानव वेचबिखन नियन्त्रण जिल्ला संजाल सहसंयोजक तथा हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकाल, आशिष सामाजिक सेवा नेपालका अध्यक्ष कल्पना सेन्चुरी, चेलि नेपालका कार्यक्रम संयोजक निशा गिरी, आफन्त नेपालका जिल्ला संयोजक करुणा त्रिखत्री, श्रमीक नेपालका अध्यक्ष साबीत्री पौडेल, सामरी उत्थान सेवाका परियोजना संयोजक मनोज पासबान लगायतले मानव वेचबिखन न्युनिकरणको लागि संस्थाले अझ शसक्त पहल गर्ने र प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरि दिवसको अवसरमा मैयादेवी कन्या कलेज भरतपुरमा बिद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । माईती नेपाल चितवन र मानव वेचबिखन नियन्त्रण जिल्ला संजाल तथा मैयादेवी कन्या कलेजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कलेजका संरक्षक प्रेम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपाल चितवनका जिल्ला संयोजक इश्वर गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलेजमा अध्ययनरत १०० जना भन्दा बढी बिद्यार्थीको सहभागीता रहेको थियो । साथै संजालमा आवद्ध संस्थाहरु हाम्रो भरोसा नेपाल, सामरी उत्थान सेवा र आशिष सामाजिक सेवा नेपालका प्रतिनिधिहरु र कलेजका शिक्षक, शिक्षीकाहरुको समेत कार्यक्रममा सक्रिय सहभागीता रहेको थियो ।
संयुक्त राष्ट्र संघले मानव बेचबिखन बिरुद्धमा सचेतना फैलाउने उदेश्यले मानव बेचबिखन विरुद्ध दिवस हरेक बर्ष ३० जुलाईमा मनाउने गरेको छ । सोही अवसरमा चितवन सहित देशभर बिभिन्न कार्यक्रम गरि यो दिवस मनाईएको हो ।

प्रतिकृया दिनुहोस्