साउन ५। चितवन
पछिल्लो समय चितवनमा बालबालिकाहरु पक्ष भएका हिसांका घटनाहरु बढेको छ । जिल्ला अदालत चितवनमा आर्थिक बर्ष २०८०/८१ म बालबालिका पक्ष भएका ८० बटा मुद्धा दर्ता भएका छन् । पक्ष भएका भन्नाले बालबालिका पिडक भएका र पिडीत भएका भन्ने बुझिन्छ । जस मध्ये ५ जनालाई सुधार केन्द्रमा राखिएको जिल्ला अदालत चितवनका श्रेष्तेदार बिष्णु प्रसाद आर्चायले जानकारी दिनुभयो ।
बालबालिका पक्ष भएका मुद्धाको संख्या बृद्धि भएता पनि हरेक वर्ष मुद्दाको चाप बढेकाले र भौतिक पुर्वाधारको अभावका कारण बालबालिकाको लागि छुट्टै इजलासको व्यवस्था भने गर्न नसकिएको आर्चायले बताउनु भयो । जिल्ला अदालत चितवनमा ८ जना न्यायधीशको दरवन्दी भएता पनि ७ जना मात्र न्याधीश कार्यरत रहेको र इजलासका लागी समेत भौतिक पुर्वाधारको अभाव रहेको श्रेष्तेदार आचार्यले जानकारी दिनु भयो ।
बालबालिकासम्बन्धी ऐनले बालबालिका पक्ष भएकोे मुद्धामा बाल इजलासमा सुनुवाइ गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । केन्द्रीय बाल न्याय समितिलाई बाल इजलासका लागी भौतिक संरचना निर्माण गर्नका लागी अदालतले पत्राचार सहित ताकेता गरेको भएपनि हालसम्म सुनुवाई नभएको जिल्ला न्यायाधीश डा. दिवाकर भट्टले जानकारी दिनुभयो । बाल इजलास निर्माण गर्न नसक्नुको प्रमुख कारण नै भौतिक संरचनाको अभाव भएको डा. भट्टले जानकारी दिनुभयो ।
दरबन्दी अनुरुपको न्यायाधीश नभएपनि जिल्ला अदालतले लक्ष्य गरेभन्दा ४ सय २८ थान मुद्धा वढी दर्ता भएको छ । यो बर्ष मात्र ४ हजार २ सय ६७ मुद्धा दर्ता भएको छ । अघिल्लो बर्षको बाँकी १ हजार ९ सय ८७ र हालको गरि ६ हजार २ सय ५४ बटा मुद्धा जिल्ला अदालतमा रहेकोमा अदालतले यस बर्ष ६८.८२ प्रतिशत मुद्धा फछ्र्यौट गरेको छ । तुलनात्मक रुपमा हेर्दा पछिल्लो ५ बर्षमा सवैभन्दा वढि मुद्धा यस बर्ष फछ्र्यौट भएको देखिन्छ ।
सम्बन्ध बिच्छेदका मुद्धा सबैभन्दा बढी
चितवन जिल्ला अदालतमा आर्थिक वर्ष २०८०/०८१ म सबैभन्दा बढी मुद्दा सम्बन्ध बिच्छेदका रहेका छन् । असार मसान्तसम्म १ हजार १९७ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएका छन् ।
दोस्रोमा चेक अनादार रहेको छ । सो शीर्षकमा ८२८ मुद्दा अदालतमा दर्ता भएका छन् । भने ५८४ फैसला भइसकेको छ । तेस्रोमा २ सयय ५० मुद्दा बैङ्किङ्ग कसुरको दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्