महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालद्वारा लागूऔषध दुर्व्यसन तथा सामाजिक कुरिति विरुद्द बुधबार चनौलीमा सचेतना कार्यक्रम गरेकाेछ छ । भरतपुर महानगरपालिकाकाे सहयाेगमा आयाेजना गरिएकाे कार्यक्रमका सहभागीहरुले लागूऔषध दुर्व्यसनी व्यक्तिको, परिवारको, समुदायको मात्रै समस्या नभएर समग्र राज्यको नै समस्याका रुपमा रहेको बताए ।
भरतपुर महानगर वडा नम्बर–१८ र २० का ६० जना सहभागी कार्यक्रममा प्रहरी निरीक्षक सरिता विकले लागुआैषध दुर्व्यसन र यसकाे असरकाे विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । त्यस्तै सामाजिक कुरिति र यसकाे प्रभावकाे विषयमा हाम्रो भराेसा नेपालकाे अध्यक्ष तथा संचारकर्मी सिन्धु ढकालले प्रशिक्षण दिएकी थिईन् ।
कार्यक्रमकाे उत्घाटन शत्रमा भरतपुर महानगरपालिका वडा नम्बर–२० का वडाध्यक्ष मुक्तिप्रसाद घलेले लागूऔषधका बारेमा खुला छलफल गर्दै दुर्व्यसनी न्यूनीकरणमा जोड दिए । लागूऔषध प्रयोगकर्तालाई लुकाएर राख्नभन्दा पनि विभिन्न माध्यमबाट सुधार गर्दै समाजमा असल नगारिकको रुपमा पहिचान दिलाउन सबैको सहयोगको खाँचो रहेको उनले बताए ।
लागूऔषध दुर्व्यसनी समस्यामात्रै नभएर रोग भएकाले यसको सही उपचारको खाँचो रहेको वडा नम्बर–१८ की वडा सदस्य दिलु गजमेरले बताइन् । नशा घर–घरको दशा भएकोले यसलाई हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्नेमा उनले जोड दिइन् ।
विद्यार्थी तथा युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा आफ्ना छोराछोरीलाई लागूऔषधबाट जोगाउने अभियानमा सबै चनाखो भएर लाग्नुपर्ने नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेले बताए । व्यक्तिले लागू पदार्थ प्रयोग गरेपछि त्यसको असर भने परिवारदेखि समाजसम्म पर्ने उनको भनाइ छ ।
परिवारमा एक सदस्यले लागू पदार्थ प्रयोग गर्दा पारिवारिक असमझदारी बढ्ने, घरको सामान चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने इत्यादि समस्या देखिएको चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले बताए ।
लागू पदार्थ प्रयोगकर्तामा एकान्तमा बस्न रूचाउने, असामान्य व्यवहार देखाउने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराधकर्ममा लाग्ने, धनसम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराध घट्दै जाने, सामाजिक मूल्य र मान्यता भत्किँदै जानेलगायत समस्या भेटिएको जेनिथ इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल विष्णुहरि अधिकारीले बताए ।
लागू पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने र लागू पदार्थको दुव्र्यसनी कम गर्न स्कुल तहदेखि नै यसको असरबारे सिकाउन जरूरी रहेको भीमनगर माविका शिक्षक पुरूषोत्तम अर्यालले बताए ।
दीर्घकालीनरुपमा लागू पदार्थका दुर्व्यसनी रोकथामका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय प्रशासन र स्वयं व्यक्ति पनि जिम्मेवार हुन जरूरी रहेको महिला सशक्तीकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगीता भट्टराई रेग्मीले बताइन् ।
यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउने भीमनगर उपस्वास्थ्यकेन्द्रका प्रमुख गणेश रेग्मीले बताए । यसको प्रयोगबाट एचआइभी/एड्स, हेपाटाइटिस तथा यौनजन्य रोग सङ्क्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्युसमेत हुने गरेको उनले बताए ।
लागु पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने र यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउने चनौली टोल विकास संस्थाका अध्यक्ष कालिकाप्रसाद खनालले बताए ।
पश्चिम भीमनगर टोल विकास संस्थाका अध्यक्ष रोहिणी दुवाडीले लागूऔषध दुर्व्यसनी न्यूनीकरणका लागि सबैको साथ रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्