२० आश्विन २०८०, शनिबार १७:०९
चितवन, २० असाेज ।
चितवनको नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ ।
आज (शनिबार) दिउँसो १२ बजेको समयमा भरतपुर–१, नारायणी किनारस्थित बुद्धको मुर्ती नजिकैबाट हाम फालेकी ३२ वर्षीया एक महिलाकाे उद्धार गरिएको हो ।
नदीमा हामफालेकी महिलाको बेहोस् अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । हाल भने उनको होस् आएको प्रहरिको भनाई छ ।
उनी विवाहित (डिभोर्स भएको) र हाल वेलटाँडिमा कोठा भाडामा लिई बस्ने गरेको अनुसन्धान बाट खुल्न आएको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्