चितवन, १४ साउन
मानब वेचबिखन नियन्त्रणका लागी आईतबार चितवनको भरतपुरमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मानब बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आशिष सामाजिक सेवा नेपालले भरतपुर ९ का जनप्रतिनिधि, नागरिक अगुवा, बिभिन्न संघ संस्थाका प्रतिनिध र युवाहरुका लागी जानकारी मुलक प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
भरतपुर ९ का वडाध्यक्ष यमलाल कँडेलको प्रमुख आतिथ्यता तथा आशिष सामाजिक सेवा नेपालका अध्यक्ष कल्पना सेन्चुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा माईति नेपालका जिल्ला संयोजक ईश्वर गीरी, आशिष सामाजिक सेवाका कार्यक्रम निर्देशक युवराज विक, वडा सदस्य, स्थानिय प्रतिनिधि लगायतले मानव वेचबिखन नियन्त्रणका लागी सबै जना एकजुट हुन आवश्यक भएको बताउनु भएको थियो ।
यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँएको हो । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।

प्रतिकृया दिनुहोस्