चितवन, १४ साउन
मानब वेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आईतबार भरतपुरको मीलिनियम कलेजका बिद्यार्थीहरुा लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
मानव वेचबिखनको आयामहरु परिवर्तन भएसँगै विकट गाँउका, शिक्षाको अभावमा भएका र गरिबीमा भएका व्यक्तिहरुमात्र नभई शहरी क्षेत्रका शिक्षीत युवा युवतीहरु समेत बिभिन्न प्रलोभनमा परि बेचबिखनको शिकार हुने गरेकाले कलेजका बिद्यार्थीहरुलाई अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
माईतिको नेपाल चितवनको आयोजना तथा हाम्रो भरोसा नेपाल र आफन्त नेपालको सहकार्यमा भएको कार्यक्रममा कलेजका सामाजिक बिज्ञान अध्ययन गरिरहेका ७० जना भन्दा वढी बिद्यार्थीको सहभागीता रहेको थियो । माईति नेपालका चितवन जिल्ला संयोजक ईश्वर गीरीको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालले मानव वेचबिखनको हालको अवस्था, चितवनमा मानव वेचबिखन बिरुद्ध भईरहेका अभियानमुलक कार्यक्रम र यसबाट सचेत वन्नका लागी अपनाउनुपर्ने उपाय सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मानव वेचविखनको क्षेत्रमा जिल्लामा कार्यरत बिभिन्न संघसंस्थाका प्रतिनिधि कलेजका प्राचार्य तथा शिक्षकहरुको समेत सहभागीता रहेको थियो । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँएको हो । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।
सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्