चितवन – गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष पदमा चितवनकी पत्रकार पुनम गौतमले उम्मेद्वारी दिने भएकी छन् । वर्तमान कार्यसमिति सदस्य रहेकी उनले (आइतबार) वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिने घोषणा गरेकी हुन् ।
वर्तमान कार्यसमितिमा रहेर सकृय भुमिका निर्वाह गरिरहेकी गौतमले आगामी कार्यकालको लागि अझ सशक्त भुमिका निर्वाह गर्ने उद्देश्यले उम्मेद्वारी दिन लागेको बताइन्। हाल नारी समाज पोर्चुगलकी महासचिव समेत रहेकी गौतम सामाजिक कार्यमा क्रियाशील रहँदै आएकी छन् ।
“मैले आज सम्म विभिन्न संघसस्थामा रहेर काम गर्दा हासिल गरेका अनुभवका आधारमा एनआरएनए जस्तो नेपालीहरुको वृहत्तर संघमा गएर काम गर्न केही हदसम्म भएपनि सहज हुनेछ”, उनले भनिन् ।
“वर्तमान अवस्थामा पनि संघको कार्यसमितिमा रहेर आफ्नो भुमिकालाई न्याय गरिरहेको छु, त्यसैले अनुभव, सिकाई र बुझाईले गर्दा महिलाले स्थान पाउनु पर्छ भन्ने हेतुले वरिष्ठ उपाध्यक्ष पदमा रहेर संघ प्रति अझ बढी योगदान दिन सक्छु भन्ने आधारमा आफुलाई उम्मेद्वारको रुपमा अघि सारेको छु,” उनले थपिन । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद्को ९ औँ अधिवेशन आगामी जुलाई ३० मा हुँदैछ ।

प्रतिकृया दिनुहोस्