चितवन – आदर्श नारी बिकास केन्द्र भरतपुरको नयाँकार्य समितिलाई पदहस्तान्तरण गरिएको छ । केन्द्रका निवर्तमान अध्यक्ष मीना खरेलले नव विर्नाचित अध्यक्ष उषा खरेल सुवेदि लगाएतलाई पदहस्तान्तरण गरिएको हो ।
नयाँ कार्य समितिलाई पदहस्तान्तरण गर्दै खरेलले बधाई तथा शुभकामना सहित आगामि दिनहरूमा उदाहरणिय काम गरी संसारभर संस्थाको नाम उजागर गराउनको लागि थप उर्जा प्रदान गर्नुभयो ।
यसअघि असार ३० गते भएको केन्द्रको २० औँ साधारण सभा तथा १४ अधिवेशनको भेलाले सुवेदिको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो ।
सोहि कार्यक्रममा आईटिसी ब्युटीपार्लर ट्रेनिङ सेन्टरका प्रोपाईटर सोभा अर्यालले श्रावण महिनालाई लक्षित गरि मेहेन्दी कार्यक्रमको आयोजना गर्नु भएको थियो । मेहेन्दी कार्यक्रममा केन्द्रका साधरण सदस्य , आजिवन सदस्य र कार्यसमितिका सदस्यहरु उत्साहका साथ सहभागिता जनाएका थिए ।
निवर्तमान अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता फुलमाया रानाभाट, बिशिष्ठ अतिथिद्धय बलभद्र घिमिरे, बिदुर केसीले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सह सचिव सजना तिमिल्सिनाले सञ्चालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्