चितवन। नेपाल बिमा अभिकर्ता संघ केन्द्रीय समिति, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भर्खरै सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा कल्पना विष्ट सर्वसम्मत चयन हुनुभएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा ‘चिफ एजेन्सी म्यानेजर’ को रूपमा व्यावसायिक र कुशल नेतृत्व प्रदान गर्दै आउनुभएकी विष्ट केन्द्रीय कार्यसमितिको महत्वपूर्ण जिम्मेवारीमा सर्वसम्मत रूपमा चुनिनुभएको हो। बिमा क्षेत्रमा लामो समयदेखि सक्रिय र स्थापित व्यावसायिक पहिचान बनाउनुभएकी विष्टको यो चयनसँगै अभिकर्ताहरूको हकहित र बिमा बजारको प्रवर्द्धनमा थप उर्जा थपिने विश्वास लिइएको छ।
उहाँ केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा सम्बन्धित शाखा परिवारले उहाँको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। शाखा प्रमुख केशव राज बरालले विष्टको कुशल र सबल नेतृत्वमा नेपाल बिमा अभिकर्ता संघले नयाँ उचाइ लिने र अभिकर्ताहरूका मुद्दाहरूले सही निकास पाउने विश्वास समेत प्रकट गरेका छन् ।
भेलाले नमिता न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

प्रतिकृया दिनुहोस्