आशा खरेल/चितवन
सुर्खेतमा ईनिशा बिकको बलात्कार पछि हत्या भएको बिरोधमा आज भरतपुरको चौबीसकोठीमा प्रदर्शन गरिएको छ ।
जात ब्यवस्था उन्मुलन मोर्चा जिल्ला समिती चितवन र बैज्ञानिक समाजवादी बिद्यार्थी जिल्ला समिती चितवनले दलित अभियन्ता तथा अधिकारकर्मी र युवाहरुको सहभागीतामा बिरोध प्रदर्शन गरिएको हो ।
कार्यक्रममा बोल्दै गोबिन्द विस्वकर्माले हाम्रो छोरी बेटि हत्या , हिंसा, बलात्कारका घटना घटीरहदा पनि सरकार पक्षबाट कहिल्यै पनि चासो नदिएको गुनासो व्यक्त गर्नु भयो ।
इनिशा बिकको यहि फागुन २३ गते शनिबार बिहान सुर्खेतको जन जागरण सामुदायिक बन भित्र बलात्कार पछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो । ४ जना युवकले बलात्कार गरि हत्या गरेको र त्यसमध्ये १ जना युवक पक्राउ परेको भन्दै अधिकारकर्मीहरुले देशभर बिरोध प्रदर्शन गरिरहेका छन् ।
कार्यक्रममा सहभागी सबैले दोषीलाई फासिको सजाय हुनु पर्ने र पिडितले न्याय पाउनु पर्ने बताएका थिए । बिरोध प्रदर्सनमा इनिशा बिकलाई न्याय दे,बलात्कारिलाई फाँसी दे, निर्मला पन्तलाई न्याय दे, म लास होइन चुप बस्न ज्युँदो मान्छे हो त्यसैले बोल्छु , कर्णाली प्रदेशको मुख्य मन्त्री यमलाल कडेल राजिनामा दे जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्