१९ भाद्र २०८२, बिहीबार ०९:२७
चितवन ।
गृह मन्त्रालयका सहसचिव गणेश अर्यालले चितवनको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी पाउनु भएको छ ।
चितवनका प्रजिअ प्रकाश पौडेललाई बारा प्रशासन पठाएसँगै रिक्त रहेको प्रजिअमा अर्याललाई पठाइएको हो ।
राजनीतिक र शान्ति-सुरक्षाका हिसाबले संवेदनशील मानिने चितवनमा पछिल्लो समय प्रजिअ नियुक्तिमा रस्साकस्सी थियो।
गृह मन्त्रालयले आधा दर्जन बढी सहसचिवहरूमध्ये कार्यसम्पादनका आधारमा अर्याललाई जिम्मेवारी दिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्