चितवन । चितवनबाट संचालित एटुजेड समाचार डटकमले हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा आईतबार घोषणा गरिएको छ ।
भरतपुर ७ स्थित होटल पौवामा आयोजना गरिएको बिशेष समारोहमा हरितालिका तीजः पर्व कि प्रदर्शन’ ण् विषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगितामा सञ्चारकर्मी कल्पना आचार्य प्रथम हुनुभएको छ । उहाँले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यस्तै पत्रकार करुणा देवकोटाले द्वितीय स्थान प्राप्त गर्दै नगद २५ हजार र प्रमाणपत्र पाउनु भएको छ ।
यस्तै पत्रकार दिप्ती विश्वकर्माले तृतीय स्थान हासिल गर्दै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने पत्रकार सिन्धु ढकालले सान्त्वना स्थान प्राप्त गर्दै नगद १० हजार र प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।
प्रतियोगितामा एटुजेट समाचारको फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सन गरेका आधारमा २० प्रतिशत अंक पत्रिकाको आईटी टिमले र ८० प्रतिशत अंक आयोजकले तोकेका निर्णायकहरुले बिभिन्न मापदण्डमा मुल्याङ्कन गरि उत्कृष्ट ४ प्रतियोगिहरूलाई बिजयी घोषणा गर्दै पुरस्कृत गरिएको हो ।
आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दुर्गाकुमारी रेग्मी, यात्री छिदाल, सूचना गुरुङ, सुधा देवकोटा, कमला गुरुङ, कल्पना आचार्य, आशा खरेल श्रेष्ठ, सुजिता हमाल, दीप्ति विश्वकर्मा, सुनिता सुवेदी, शिला पाठक, सिन्धु ढकाल, सविता श्रेष्ठ, सुरक्षा बराल, संगीता पन्त, बन्दना देबकोटा, करुणा देवकोटा, शारदा पौडेल, ईश्वरी सिं, विष्णु गौतम, पुनम थापा मगर, बसुन्धरा गौतम, खेमकुमारी श्रेष्ठ, सविता अधिकारी र बिरन्जना घिमिरे रहेका थिए ।
सो कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा एकनारायण पौडेल, कालिका संस्कृती विद्यापिठ गैंडाकोटका प्राचार्य केशव चालिसे र नेपाली लेखक संघका अध्यक्ष शान्ती शर्मा रहनु भएको थियो । एटुजेड समाचारका अध्यक्ष किशोरचन्द्र सापकोटाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ र पत्रकारका संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रमको निरन्तरताको प्रसंशा गर्दै अझै प्रभावकारी रुपमा अगाडि वढाउन बिभिन्न सुझाव दिनुभएको थियो । एटुजेट समाचारले तेश्रो बर्ष यस किसीमको प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस्