३१ श्रावण २०८२, शुक्रबार ०९:५४
चितवन, ३० साउन ।
भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् । आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो ।
चालु आवमा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ । पुराना तीन जिल्लामा १२ र थपिएका दुई जिल्लामा रु १९ करोडको लागतमा १२ वटा ट्युवेल जडान गरिने छन् । ती जिल्लामा ५४ वटा ट्युबेलको माग छ ।

प्रतिकृया दिनुहोस्