चितवन, ९ जेठ ।
चितवनको भरतपुरमा पर्यटन : महिला सशक्तिकरणको एक महत्वपुर्ण आयाम उद्यमी महिलाहरुसहितको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा उद्यमी महिलाहरु सहित एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
संस्थाका सचिव तथा कमर्यक्रम संयोजक पवित्रा रिजालको अध्यक्षता तथा वागमति प्रदेश सासंद ईश्वर सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै सासंद सापकोटाले महिला आर्थिक रुपमा सशक्तीकरण हुनका लागि स्वजागरण आवश्यक भएको बताउनु भयो ।
उहाँले महिलाहरु आफ्नो खुट्टामा उभिन नसक्ने नभएसम्म हिंसाका घटनाहरुमा कमि नआउने तर्फ संकेत गर्दै महिलाको आर्थिक शसक्तिकरणका लागि सबै राज्य पक्ष, प्रदेश र स्थानिय सरकारले समेत विभिन्न प्रयास गरिरहेको बताउनु भयो ।
आर्थिक स्तर वृद्धिमा पर्यटन मार्फत महिलाहरुलाई अग्रसर गराउन गोष्ठी आयोजना गरेको महिला सशक्तिकरणकी अध्यक्ष संगिता भट्टराईले बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका बरिष्ठ महिला विकास अधिकृत कलावती ओझा विशिष्ट अतिथि रहनुभएको
थियो ।
कार्यक्रममा समाजशास्त्री सम्झना वाग्ले भट्टराई तथा पत्रकार तथा अधिकारकर्मी सिन्धु ढकालले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा महिला उद्यमी मञ्चको निवर्तमान अध्यक्ष पार्वती सुवेदी, गंगाराम कलेजका संचालक खेम दर्जी, मञ्जुश्री असहाय संरक्षण केन्द्रको अध्यक्ष मञ्जु खाड लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तालिमको दोश्रो सत्रमा हस्तकाला सम्वन्धी सिपसिक्दै गरेका महिलाहरु, जिल्ला उद्योग संघका महिला उद्यमी, हाट बजारमा व्यवसाय गर्ने महिलाहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्