चितवन, १५ फागुन ।
शिक्षकहरुको समस्या समाधानका लागि सरकाले ध्यान पु¥याउन नसकेको शिक्षकका अगुवाहरुले वताएका छन् । नेपाल शिक्षक संघ चितवनको ३३ औ जिल्ला प्रतिनिधि सभामा बोल्ने बक्ताहरुले शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान पु¥याउन नसकेको बाएका छन् ।
शिक्षकलाई सामान्य दर्जा दिएर आफ्नो राजनीति वचाउन खोज्नु गलत भएको उहाँहरुको भनाई थियो । शिक्षकहरुका कारण अहिलेको समाज सुधार अपरिहार्य रहेको उहाँहरुले शिक्षकहरुको माग सम्बोधन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले शिक्षकहरुको समस्या समाधानका लागि राज्यले कुनै वास्ता नगरेको वताउनुभयो । शिक्षकहरु दलको नभई आफ्नो बिचार राख्ने गरेको भए पनि उनीहरुको माग सुनुवाई नभएको उहाँको भनाई थियो । शिक्षकको समस्या समाधानका लागि राज्य गम्भिर भएमा शिक्षा ऐन मार्फत समाधान गर्न समय नलाग्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, संघका महासचिव ज्ञानेन्द्र रावल, बागमती प्रदेशका सदस्य उत्तम जोशी, नेपाली काँग्रेस चितवनका सचिब ध्रुवराज पोख्रेल, शिक्षा विद् प्रकाश अधिकारी, चितवन जिल्ला अदालत बारएसोसियसनका अध्यक्ष फुलमायाँ रानाभाट, नेपाल शिक्षक महासंघ चितवनका पूर्ब अध्यक्ष कोमलनाथ घिमिरे, शिक्षक संघका पूर्ब अध्यक्ष भूवानी प्रसाद पौडेले लगाएतले शिक्षकहरुको समस्या समाधानका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो ।
नेपाल शिक्षक संघ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभाले जिल्लामा हाल सम्म भएका कार्यक्रमहरुलाई परिमार्जित गरेर नयाँ कार्यक्रमहरु ल्याउनका लागि सुझाब दिएको थियो । सो अबसमार एफफिल गने गर्ने सर्वहीत पण्डीत र युवराज सिंह पराजुली, स्नातकोत्तरमा महिलाहरु तर्फ उत्कृष्ठ नम्बर ल्याउने सिता श्रेष्ठ, एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने चितवन माधमिक बिद्यालय र स्थानिय तहमा कालिका नगरपालिकालाई सम्मना गरिएको छ ।

प्रतिकृया दिनुहोस्