फुलमाया रानाभाट चितवनको पहिलो महिला कानुन व्यवसायी हुनुहुन्छ । उहाँ नेपालको कानुनी क्षेत्रमा एक प्रेरणादायक र संघर्षशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
उहाँले विस २०५१ सालदेखि नेपाल बार एशोसियन चितवनमा दर्ता भएर न्यायीक क्षेत्रमा काम शुरु गर्नुभएको हो । रानाभाट हालसम्म पनि अनवरत रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँले विभिन्न समय गरि ३ पटक चितवन बारको विभिन्न पदमा पुगेर नेतृत्व गरिसक्नुभएको छ । विस २०५३ सालमा सबै पदमा निर्वाचन हुदाँ उहाँलाई मात्र कोषाध्यक्षमा सर्वसम्मत गरिएको थियो ।
यसैगरि उहाँले बारको उपाध्यक्ष र केन्द्र्रीय पार्सद भएर पनि काम गरि सक्नुभएको छ । नेपाल बार एशोसियन चितवनले ५० बसन्त पार गरी स्वर्ण महोत्सव मनाइसकेको छ । तर हालसम्म एक जना महिला पनि नेतृत्वमा पुग्न सकेका छैनन । जिल्लामा अब्वल र खारिएका महिलाहरु क्रियाशिल हुनुहुन्छ तर अध्यक्षमा भने महिलालाई पुर्याउन कन्जुस्याई नै गरिरहेको देखिन्छ । यसपटक भने हिम्मत गरेर जिल्लाकै पहिलो महिला कानुन व्यवसायी फुलमाया रानाभाट अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
कानुनी संगै सामाजिक सेवामा पार्टीभन्दा माथि उठेर हज्जारौलाई न्याय दिलाउनुभएकी रानाभाटलाई यतिबेला सबैको सहयोगको खाचो छ । आफु पदमा रहदाँ वा नरहदाँ पार्टीभन्दा माथी उठेर कानुनी अधिकारसंगै सामाजिक अभियानमा पनि फुलमाया उत्तिकै सक्रिय हुनुहुन्छ । सबै क्षेत्रमा महिलाको सहभागिता र नेतृत्वमा पुर्याउनुपर्छ भनेर दरिलो आवाज उठाइरहने रानाभाटको नेतृत्वले नेपाल बारलाई उचाईमा पुर्याउन मद्धत पुग्ने आम मानिसको विश्वास छ ।
कानुनी पेशामा आजपनि महिलाको उपस्थिती न्युन छ तर फुलमायाले शुरुआत गरेकै कारण हाल २१ जना महिलाहरु नेपाल बार एशोसियनमा दर्ता भएर काम गरिरहेका छन् ।
शुरुआती दिनमा उहाँको जीवनमा पनि धेरै कठिनाइहरू र चुनौतीहरू थिए, विशेष गरेर कानूनी पेशामा महिलाको स्थान निकै सीमित थियो। तरपनि फुलमायाले ति यावत चुनौतीको सामना गर्दै अनवरत लागिरहनुभयो । शिक्षा र करियर यात्रा सँगसँगै समाजमा महिलाहरूको कानूनी अधिकार र न्यायका पक्षमा उहाँले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । उहाँको संघर्षपूर्ण यात्रा र सफलताको कथाले कानूनी क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन प्रेरित गरिरहेको छ । चितवनको सान चितवनको गौरव जिल्लाकै पहिलो महिला कानुन व्यवसायीका रूपमा परिचित रानाभाट कानुनी परामर्शदाताको साथ साथै एक सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँको अनुभवले कानुनी पेशाका चुनौतीहरू बुझ्न र बार एसोसिएसनको महत्वलाई अझ गहिरो रूपमा अनुभूति गर्न सक्षम बनाउनेछ ।
रानाभाट भन्नुहुन्छः व्यावसायिक विकास सुदृढीकरण, सदस्यहरूको हित प्रवद्र्धन, र न्यायसम्म पहुँचलाई विस्तार गर्ने प्रतिबद्धताका साथ चुनावी मैदान छ् सबैको साथ र सहयोगको अपेक्षा छ । , तपाईंको मत एउटा छनोट मात्र नभई हाम्रो एसोसिएसनलाई सुधार, एकता, र उत्कृष्टताको दिशामा अघि बढाउने एक दृढ कदम हुनेछ उहाँले भन्नुभयो ।
बाल्यावस्था र शिक्षाः
फुलमाया रानाभाट सामान्य परिवारमा जन्मनु भएको हो। उहाँको बाल्यावस्था संघर्षपूर्ण थियो । उहाँका माता–पिता र परिवारले शिक्षाको महत्वलाई बुझेर उहाँलाई प्रोत्साहन दिइरहनुहुन्थ्यो । समाजमा महिलाहरूको स्थिति कमजोर भएको समयमा, कानुनी क्षेत्रमा महिलाहरु निकै थोरै मात्र थिए, तर उहाँले महिलाका अधिकारको पक्षमा आवाज उठाउने उद्देश्य राखेर कानूनमा आफ्नो करियर खोज्न थाल्नुभयो ।
उक्त समयमा उहाँले धेरै कठिनाइहरूको सामना गर्नुप¥यो, खास गरी महिलाको रुपमा कानूनी क्षेत्रमा प्रवेश गर्नु निकै चुनौतीपूर्ण थियो। समाजका धेरै महिलाहरूलाई कानूनी पेशामा पटक पटक हतोत्साहित पारिन्थ्यो तर उहाँले यी सबै चुनौतीहरूलाई पार गर्दै कानून व्यवसायीको रूपमा आफ्नो स्थान बनाउँनुभयो । समाजमा देखिएका यावत समस्याहरूको सामना गर्दा उहाँले महिलाका अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्न थाल्नुभयो।
संघर्ष र उपलब्धिः
फुलमाया रानाभाटको जीवनमा संघर्षहरू निरन्तर जारी रहे। महिला कानूनी व्यवसायीको रुपमा पुरुष प्रधान समाजमा उहाँले ठूलो चुनौतीको सामना गर्नु प¥यो। यद्यपि उहाँको धैर्य र संघर्षले उसलाई निरन्तर सफलता दिइरहेको छ ।
चरणबद्ध प्रयास र समर्पणका कारण, फुलमाया रानाभाट चितवनको पहिलो महिला कानूनी व्यवसायीको रूपमा चिनिनुभयो ।उहाँको योगदान र संघर्षको चर्चा गर्दै दर्जनौ संघसंस्थाले उहाँलाई सामाजिक रुपमा सम्मान गरेका छन् । चितवन बार एशोसियनले उहाँलाई स्वर्ण महोत्सवको अवसरमा जिल्लाकै पहिलो महिला कानुन व्यवायीको रुपमा सम्मान गरेको छ ।
यस्तै, आदर्श नारी विकास केन्द्र चितवन, आदर्श गृह नेपाल, कालिका एफएम, नारायणगढ लेडी जेसिस, शारदानगर जेसिस, स्यालीवजार टोल सुधार समिती, जिल्ला प्रहरी कार्यालय लगायतका दर्जनौ संघसंस्थाले उहाँलाई सम्मान गरेका छन् । सकरात्मक सोच, साझा व्यवहार र सरल स्वभावकी फुलमाया सबैकी प्रिय पात्र हुनुहुन्छ । हाल उहाँ महिला अधिकारका पक्षमा आवाज उठाउने र सामाजिक न्यायका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
जीवन संघर्ष, मेहनत र साहसको प्रतीक फुलमाया रानाभाटलाई नेपाल बार एशोसियन चितवनको आसन्न निर्वाचनमा मत दिएर विजयी गराएमा सम्पुर्ण कानुन व्यवसायीको साख जोगिनेछ ।

प्रतिकृया दिनुहोस्