चितवन,११ असोज ।
गामबेँसीको चेपाङ संरक्षण केन्द्रले पत्रकार अनिल ढकाललाई कार्यकारिणी सभाको संयोजक चयन गरेको छ। केन्द्रका अध्यक्ष केपी किरण शर्माको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले ढकाललाई कार्यकारिणी सभाको संयोजक चयन गरेको हो।
ढकाल नेतृत्वको समितिले एक महिनाभित्र चेपाङ केन्द्रको १२औँ साधारण सभा गर्नेछ। ढकाल अन्नपूर्ण पोष्ट दैनिक र एपिवन टेलिभिजनका लागि चितवन संवाददाता हुन्। हाल प्रेस युनियन चितवनका अध्यक्षसमेत रहेका उनले पछिल्लो समय चितवनबाटै सतिसाल डटकम सञ्चालन गर्दै आएका छन्।
केपी किरण शर्माले २०६७/६८ सालदेखि चेपाङ केन्द्रमार्फत विकटका चेपाङ बालबालिकाहरुलाई आवासीय सुविधासहित शिक्षादीक्षा प्रदान गर्दै आएका छन्। चितवन, मकवानपुर, धादिङ, गोरखासहितका जिल्लामा बसोवास गर्ने विपन्न तथा अभिभावकविहीन अवस्थामा रहेका चेपाङ बालबालिका केन्द्रमा आश्रित छन्। हाल केन्द्रमा १५० चेपाङ बालबालिका अध्ययनरत छन्।

प्रतिकृया दिनुहोस्