चितवन,४ असोज।
एटुजेड समाचारको दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन् । एटुजेड समाचार डटकमद्वारा आयोजित “मौलिक तीज पर्व र यसका चुनौती” बिषयक आर्टिकल लेखन प्रतियोगितामा पत्रकार हमाल प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
पत्रकार हमालले २०७० सालबाट पत्रकारीता शुरु गरेकी हुन् । चितवनको रेडियो अर्पणबाट पत्रकारीता शुरु गरी हमाल हाल काठमाडौंको लोकपाठी अनलाईनमा कार्यरत छन् ।
त्यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । उनले २०७९ सालबाट पत्रकारीता सुरु गरेकी हुन् । उनले चितवनको रेडियो नारायणी, आवास टेलिभिजन, काठमाडौंमा रहेर साथीसँग मनका कुरा हुँदै हाल यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा पडकास्ट गुलाबी संबादको प्रस्तोताको रुपमा कार्यरत छन् ।
त्यस्तै पत्रकार चाँदनी हमाल तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । उनले हेटौडाबाट पत्रकारिता शुरु गरी चितवनको कालिका एफएम हुँदै हाल काठमाडौंको गोर्खापत्र दैनिकमा कार्यरत छ्न् ।
त्यस्तै पत्रकार बिष्णु गौतम सान्त्वना भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । उनले २०७८ सालबाट पत्रकारिता शुरु गरेकी हुन् । चितवनको रेडियो शिवशक्तिबाट पत्रकारिता शुरु गरेकी गौतम हाल चितवनको कालिका एफएममा कार्यरत छन् ।
प्रतियोगितामा एटुजेड समाचारको फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटीटिम र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।
आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दिवा भट्टराई, दुर्गा कुमारी रेग्मी, सुधा देवकोटा, निरु लामिछाने, करुणा देवकोटा, केशु लामिछाने, बिनिता कडेल, सबिता श्रेष्ठ, चाँदनी हमाल, रेखा देवकोटा, कल्पना आचार्य, सर्मिका ढुवाडी, सुरक्षा बराल, पूजा लम्साल, गीता घिमिरे, श्रीजा थापा, सुजिता हमाल, रबिना पौडेल, बिष्णु गौतम, सुनिता सुवेदी, सविता महतो, बसुन्धरा गौतम, निरुता बिक, संगिता आचार्य र सिम्रन क्षेत्री रहेका थिए ।
सो कार्यक्रममा निर्णायक संयोजकमा भरतपुर प्रज्ञा प्रतिष्ठानका सचिव बालकृष्ण थपलिया, निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभाग डा. एकनारायण पौडेल, नेपाल संस्कृत विश्वविद्यालय, कालिका विद्यापिठ गैंडाकोट नेपाली विभाग डा. केशव चालिसे र नेपाल साहित्य परिषद् सचिव शान्ती शर्मा रहेका थिए ।
एटुजेड समाचारका अध्यक्ष किशोरचन्द्र सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, विशिष्ट अतिथी पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, अतिथी प्रेस चौतारी चितवनका अध्यक्ष सुबास पण्डित, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, संचारिका महिला समुहका अध्यक्ष अजिता अधिकारी, वरिष्ठ फिजिसियन तथा समाजसेवी डा. भोजराज अधिकारी लगायत बोलेका थिए । कारयक्रममा विभिन्न मिडियामा आबद् पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
एटुजेडले चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवनसंग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरेको हो । पुरस्कार वितरण कार्यक्रम भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा भएको थियो ।

प्रतिकृया दिनुहोस्