चितवन, ११ भदौ ।
चितवन उद्योग संघ महिला उद्यममी मञ्चको आयोजनामा चितवनको भरतपुर भएको दोश्रो तिज मेलाको अवसरमा अन्तिम दिन दिगो उद्यमशिलताका लागि सीप विकास तालिमको भुमिका बिषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कुनै पनि उद्योग संचालनका लागि महत्वपुर्ण प्राबिधिक सीप विकास तालिम यसको महत्व र दिगो उद्यमशिलताका लागि यसको भुमिका बिषयमा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग संवाद कार्यक्रम सम्पन्न गरिएको हो । राज्यका बिभिन्न तहले सिप विकासका लागि श्रोत खर्च गर्ने गरेको भएपनि एकद्धार प्रणालिवाट सिप विकासका कार्यक्रम हुन नसक्दा बजार सुहाउदा दक्ष जनशक्ति निर्माण गर्न नसकीएको निष्कर्ष संवादका बक्ताहरुले निकालेका छन् ।
संवाद कार्यक्रममा प्रदेश तहको प्रतिनिधित्व गर्दै, सामाजिक बिकास कार्यालय वागमति प्रदेश हेटौडा प्रमुख, गोपाल प्रसाद कँडेल, स्थानिय सरकारको प्रतिनिधित्व गर्दै, भरतपुर महानगरपालिका शिक्षा बिकास महाशाखा प्रमुख सुवासचन्द्र आचार्य, त्यस्तै प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को नेतृत्व गर्दै नारायणी बहुप्राबिधिक शिक्षालय भरतपुरका शिक्षालय प्रमुख सरिता रेग्मी, तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष अच्युत नेपाल बक्ताका रुपमा रहनु भएको थियो । कार्यक्रम पत्रकार सिन्धु ढकालले सहजीकरण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्