चितवन, १० भदौ ।
भरतपुररचितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को चौथो दिन “उद्यमशिलतामा महिला” शीर्षकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । २५ वटा समूहहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा भानु आदर्श महिला कृषक समूहले प्रथम स्थान, सहनशिला बुहारी गु्रपले द्धितीय स्थान, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, खैरहनीले तृतीय स्थान र न्यू आनन्द टोल विकास संस्थाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको मुख्य प्रायोजक रहेको सेन्ट्रल कलेज अफ भोकेशनल टेनिङ्ग सेन्टरका प्रिन्सिपल यज्ञविलाश पौडेलले प्रथम हुने समूहलाई रु रु २०,०००।–, द्धितीय हुने समूहलाई रु १५,०००।–, तृतीय हुने समूहलाई रु १०,०००।– र सान्त्वना हुने समूहलाई रु ५,०००।– र प्रमाणपत्र वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, निर्णायकहरु लगायतको सहभागिता रहेको थियो । अमर विरही गुरुङ प्रमुख निर्णायक रहनुभएको प्रतियोगितामा सरिता श्रेष्ठ गुरुङ्ग र चन्द्रा गुरुङ्ग निर्णायकको भूमिकामा रहनु भएको थियो ।
मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत मेलाको चौथो दिन कुपन नं। ३७२ की राजकुमारी श्रेष्ठ प्रथम, कुपन नं। ६१६ का सृष्टि सापकोटा दोश्रो र कुपन नं। ६५० का लिला बस्ताकोटी तेश्रो हुन सफल भएका छन् । चौथो दिन उपहार प्रदान गर्ने दाताहरुमा बि।एम।हस्तकला प्रशिक्षण उद्योग, अस्मिता लेडिज टेलर्स, चितवन उड क्राफ्ट, शर्मा एग्रो प्रोडक्स, मान्द्रो नेपाल, बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, महाकाली फुड प्रोडक्स एण्ड एग्रो प्रोसेसिङ्ग प्रा।लि।, अन्नपूर्ण डेरी, गंगानगर दुग्ध उत्पादक संस्था, डेलिस डेरी रहेका छन् ।
मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रबद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशिलताको जगतामा थप हौसला प्रदान गर्ने, साथै तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने लक्ष्य राखिएको छ ।
मेलामा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना ९ज्वेलरी०हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहेका छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान समेतगरिएको छ । चितवनका सम्पूर्ण पालिकाहरुबाट आउने अवलोकनकर्ताहरुलाई निःशुल्क वस सेवाको समेत व्यवस्था गरिएको छ ।
मेलाको पाँचौ तथा अन्तिम दिन दीगो उद्यमशिलताको लागि सीप विकास तालिमको भूमिका विषयमा प्यानल छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस्