चितवन,८ भदौ ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सञ्चालित दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को दोश्रो दिन महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नविकरणीय उर्जा कार्यक्रमका डेपुटी टिम लिडर प्रेम सागर सुवेदी कार्यक्रममा मोडरेटरको रुपमा रहनुभएको थियो । सुवेदीले नवीकरणीय उर्जा तथा उर्जा दक्षतामा दिगो उर्जा चुनौती कोष सम्बन्धि प्रस्तुतीकरण समेत गर्नुभएको थियो । कार्यक्रममा प्यानलिष्टको रुपमा बैकिल्पक उर्जा प्रबद्र्धन केन्द्रकी डेपुटी डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, जण्डा देवी नेपाल इनर्जी प्रा।लि।का टेक्निकल डाईरेक्टर कदम मनी नेपाल, एनएमबि बैंकका ब्रान्च म्यानेजर राम बहादुर साउद, अन्नपूर्ण एग्रो फुड्क्सका प्रोपाइटर प्रतिभा श्रेष्ठ रहनु भएको थियो ।
छलफलमा सहभागीहरुबाट आएका जिज्ञासाहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुले समाधान गर्नुभएको थियो । महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई चितवन उद्योग संघ, पाठशाला अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको थियो । यसैबीच मेलाको दोश्रो दिन राष्ट्रिय कलाकारद्वय अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीले प्रस्तुत गरेका साँगीतिक प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत मेलाको पहिलो दिन कुपन नं। ६५८ का विमला डि।सि। प्रथम, कुपन नं। ८२३ का देवी पौडेल दोश्रो र कुपन नं। १०१२ का जयन्ती पुन मगर तेश्रो हुन सफल भएका छन् । मेलामा उपहार प्रदान गर्ने दाताहरुमा अमरापुरी कोशेली घर, चितवन उड क्राफ्ट, शर्मा एग्रो प्रोडक्स, नमूना हस्तकला, मान्द्रो नेपाल, प्रकति कपास उद्योग, सन्ध्या पोते हाउस, बि।एम।हस्तकला प्रशिक्षण उद्योग, महाकाली फुड्स प्रोडक्स एण्ड एग्रो प्रा.लि. रहेका छन् ।
कार्यक्रमलाई चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले सञ्चालन गर्नुभएको थियो ।
मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रबद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशिलताको जगतामा थप हौसला प्रदान गर्ने, साथै तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने लक्ष्य राखिएको छ । मेलामा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहनाहरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहेका छन् ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान समेतगरिएको छ । चितवनका सम्पूर्ण पालिकाहरुबाट आउने अवलोकनकर्ताहरुलाई निःशुल्क वस सेवाको समेत व्यवस्था गरिएको छ । मेलाको तेश्रो दिन महिला उद्यमशीलता ः सम्भाव्यता, अवसर र चुनौती विषयमा प्यानल छलफल हुनेछ । साथै राष्ट्रिय कलाकार श्याम राना र पार्वती भुजेलको प्रस्तुति समेत रहने छ ।

प्रतिकृया दिनुहोस्