चितवन, १३ साउन ।
सिमलताल पहिरोमापरी त्रिशूलीमा बेपत्ता भएको बस र यात्रुहरुको खोजीकार्यलाई निरन्तरता दिने चितवन प्रशासनले तयारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले खोजी तथा उद्धार कार्यमा अहिले सम्म गरिएको प्रयास र प्रगतीको समिक्षागर्दै खोजीकार्यलाई निरन्तरता दिने तयारी गरिएको समितिका प्रमुख प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो अस्तिको जस्तो द्रुत र सघनको शैलीमा नई सेकेण्ड फेजको खोज र उद्धारको कार्यलाई हाल निरन्तरता दिइनेछ । यो सँगै सुरक्षा समितिको बैठकले हाल सम्म फेलापरेर सनाखत भएका र अन्य फेलापर्ने बाँकी समेतलाई नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय बमोजिम मृतक र अन्य बेपत्तालाई मृतक सरह मानेर राहत दिने निर्णय भए बमोजिम सम्बन्धित जिल्ला प्रशासनमा पठाउने तयारी छ ।
मन्त्रालयवाट प्राप्त निर्देशन बमोजिम आवश्यक कागजात सहित भुक्तानी सम्बन्धी काम आ–आफ्नो जिल्लाबाट हुने विषय त्यसका लागि आवश्यक कागजात चितवन प्रशासनले उपलव्ध गराउने बैठकले निर्णयगर्दै छ । सुरक्षा समितिको बैठक अहिले केहीबेरमा बस्दै छ । यस्तै भारतीयटोली आज स्वदेश फर्किदैछन् । बेपत्ता बस र यात्रु खोज्न १२ जनाको टोली साउन ५ गते चितवन आइपुगेका थिए । टोलीले हाल सम्म खोजीकार्यमा सहयोग गरेको विषयमा समिक्षा सहित उनीहरुले तयार पारेको प्रतिवेदन बुझेर धन्यवाद सहित विदाई गरिने चितवनका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । एक हप्ताको लागि आएको टोली आज फर्किने फर्किदैछन् ।
उक्त टोलीले नेपालको सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर बेपत्ता बसको खोजी गरेको थियो । प्रजिअ यादवले आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिएकाले टोली फर्किन लागेको जानकारी दिनुभयो । शनिवार बस खोज्ने क्रममा भारतको नेशनल डिजास्टर रेक्स्यु फोर्स ९एनडिआरएफ० ले ल्याएको १९ किलाको चुम्बक त्रिशूली नदीमा हराएको छ । भारतीय टोलीले १९ किलो र १४ किलोको चुम्बक मगाएको थियो ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बस खस्ने क्रममा तीन यात्रुले पौडिएर ज्यान जोगाए भने कम्तिमा ६२ यात्रु नदीमा डुबे । त्यसयता दुवै बस भेटिएका छैनन् भने नारायणी नदीदेखि गण्डक व्यारेजम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ ।

प्रतिकृया दिनुहोस्