चितवन, १४ कार्तिक
प्राणघातक रोगको रुपमा चिनिएको क्यान्सर रोगसँग लड्नका लागी बिरामीहरुको आत्मबलसँगै परिवारका सदस्यको माया र सहयोग महत्वपुर्ण हुने प्रभावितहरुले बताएका छन् ।
स्तन क्यान्सर बिजेताहरुको मंगलवार भरतपुरमा सम्पन्न भेलामा सहभागी प्रभावितहरुले यस्तो बताएका हुन् । बिश्व स्तन क्यान्सर जनचेतना महिना अक्टोवरको अवसरमा स्तन क्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरिएको हो ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान बिभाग चितवन, परिचय संस्था र गोपाल पाठक प्रतिष्ठान चितवनले संयुक्त रुपमा स्तन क्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा २० जना स्तन क्यान्सर विजेताहरु र उनीहरुको परिवारका सदस्यको सहभागीता रहेको थियो । परिचय संस्थाका अध्यक्ष बन्दना खाँडको अध्यक्षतामा सम्पन्न कार्यक्रम वीपी कोइराला क्यान्सर अस्पतालका उप कार्यकारी निर्देशक डा उमेश नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।
डा नेपालले कार्यक्रममा उपस्थित प्रभावितहरुको स्वास्थ्य अवस्था र जिज्ञासाको बिषयमा जवाफ दिदै निरन्तर स्वास्थ्य परिक्षण र खानापानमा बिशेष चासो दिन प्रभावितहरुलाई सुझाव दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्