चितवन, १९ असार
सामाजिक एवम् राजनैतिक व्यक्ति सीता सापकाेटाले गैर आवासिय नेपाली संघ बेल्जियमको अध्यक्ष पदमा उमेद्वारी घाेषणा गर्नुभएकाे छ । चितवनमा लामाे समय महिला हिसां विरुद्धको अभियन्ताका रुपमा काम गर्नु भएकी र हाल बेल्जियममा वस्दै आउनु भएकाे छ । सापकोटाले आगामी ०२३-०२५ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकाे हाे ।
चितवनको भरतपुरमा जन्मिनुभएकी सापकोटासँग आदर्श नारी क्लव चितवनकी संस्थापक अध्यक्ष, नेबिसंघ चितवन जिल्ला सचिव, नेपाल तरुणदल चितवनकाे संस्थापक सदस्य ,जिल्ला सचिव गैसस समन्वय समिती चितवन ,सह संयोजक नेपाल तरुणदल केन्दिय तरुण महिला परिचालन समिती लगायतका संस्थामा रहेर सामाजिक र राजनितिक काम गरेकाे अनुभव छ ।
बेल्जियमकाे बसाईका क्रममा समेत उहाँले चितवन सहायता कोष( क्याट) बेल्जियममा रहेर नेपाली समुदायलाई देश र देशका समस्याहरुसगँ जाेड्दै आउनु भएकाे छ । त्यस्तै नेपाली जनसमपर्क समिती बेल्जियमकाे सभापतिकाे रुपमा समेत सामाजिक काम गरेको उनको उहाँकाे अनुभव छ ।
आफ्नाे राजनीतिक र सामाजिक जिवनलाई सक्रीय र उपयाेगी वनाउनमा लागि आफूले एनआरएनए वेल्जियममा उमेद्वारी दिएकाे भन्दै सापकोटाले १३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नु भएकाे छ ।
र प्रतिबद्धता पत्र
“मेरा प्रतिबद्धताहरु”
आदरणीय बेल्जियमवासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु नमस्कार, हामी बिदेशमा बस्ने नेपालीहरुको साझा र छाता संगठन गैर आबासीय नेपाली संघ बेल्जियमको नेत्रित्वमा रहेर तपाईहरुको माझमा, तपाईहरुको सेवाको लागी काम गर्ने जमर्को गरिरहेको छु ।हामी नेपालीहरु चाहेर वा नचाहेर, परिस्थिति, रहर वा बाध्यताले बिदेशमा बसे पनि आफ्नो भाषा, भेषभुषा, कला संस्कृति , रितिरिवाज र परम्परालाई आत्मसाथ गर्दै नेपाली पहिचान सहितको स्वच्छ, सभ्य र सुन्दर समाज निर्माण गर्नु हामी सबैको दायित्व हो । नेपाल र नेपालीको लागी बृहत्तर हितका लागि एनआरएनएको झन्डामुनी रही केही गर्न सकौँ भन्ने संकल्प र जमर्को सहित म यहाँहरुको सामु केही प्रतिबद्धता गर्दछु, साथै तपाईंहरुको सरसल्लाह र सुझाव लिएर संस्थालाई पारदर्शी र सबैले अपनत्व हुने गरी चलाऊने विश्वाश पनि दिलाउन चाहन्छु ।
उहाँले हाल मेरा प्रतिबद्धता हरु यस प्रकार रहेका छन।
१)नेपाली समाज लाई एकिकृत गर्दै हाम्रा भाषा र धर्म भित्रका बिबिधतामा एकता क़ायम गर्दै अगाडी लैजानु मेरो कर्तब्य रहने छ।
२)हरेक जाति र समुदायको आफ्नो कला संस्कृति र पहिचानको लागी अगाडी बढाउन प्रोत्साहन गर्ने छु।
३)हाम्रा बालबालिकाहरुको लागी नेपाली भाषा कक्षा संचालन र हाम्रो कला संस्कृति सिकाउँदै नेपाल संग जोड्न सिकाउने हाम्रो प्रथम प्राथमिकता रहने छ।
४) हामी र हाम्रो समाजको लागी स्थापना काल देखी हाल सम्म दिर्घकालिन तथा अत्पकालिन योजनाअन्तर्गत आवस्यकता अनुसार क्षमता मुलंयाकन गरी बृहत सरसल्लाह र सुझाव लिई निष्कर्षमा पुगिने छ।
५)युवाहरु लाई नेपाल र नेपाली समुदाय संग जोड्दै उनीहरुका सिप कला र क्षमताको मुलंयाकन गरी जस्तै खेलकुद, गित संगित तथा ब्यक्तित्व बिकासमा संस्थागत सहयोग र प्राथमिकता दिँदै काम र कर्तब्य बोध गराउँदै नेपाली समुदायमा आफ्नो पहिचान दिन सिकाउनुको साथै सामाजिक कार्यमा सरिक बनाउन उत्प्रेरित गरिने छ।
६)बेल्जियम वा युरोप देखी नेपाल सम्म आई पर्ने कुनै पनी संकटकालीन अबस्थाको मध्यनजर गरी एक आपतकालिन अक्षयकोष खडा गरिने छ।
७)महिला तथा गृहिणीहरुको लागी सामुहिक चाडपर्ब संगै केही बिषेश कार्यहरु जस्तै, ब्यक्तित्व र नेतृत्व बिकास सम्बन्धी तालिमहरु लगायत उनीहरु लाई साना साना भए पनी महिला उद्दमी बन्न सिकाउने तालिमहरु आदीको ब्यबस्था गरिने छ।
८) समग्रमा युवा, बालबालिका र महिला मैत्री संगठन बनाउँदै बृद्दा वुवा आमाहरुको सम्मानमा हामी लाग्ने छौँ।
९)परोपकारी कार्यको लागी च्यारिटी कार्यक्रम लगायत बिभिन्न ब्यक्ती र संस्था संग समन्वय गरी अगाडी बढिने छ।
१०) नेपाली समुदाय बेल्जियम लाई न्युन समुदायमा बर्गिकरण गरी स्थानिय नगरपालिका तथा सरकार बाट प्राप्त हुन सक्ने सुबिधाहरुको लागी पहल गर्दै भाषा स्कुल कक्षा, सभा सम्मेलन हल तथा बिभिन्न तालिमहरुको निम्ती निशुल्क स्थान प्राप्तिको निम्ती पहल गरिने छ।
११) युरोपका बिभिन्न ठाउँ बाट बेल्जियममा स्थानान्तरण गरी आउनु हुने नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको लागी शुरुका दिनहरुमा हुने अप्ठ्यारा र असहज परिस्थिति लाई मुल्याकन गरी संस्थागत सहयोग गरिने छ।
१२) नेपाली समुदाय भित्रका महानुभावहरु लाई भाषा र कानुनी अनबिज्ञताका कारण पर्न जाने अप्ठ्यारा जस्तै एकाउन्टेन, नोटरी,मर्मत तथा निर्माण सम्बन्धी सहयोगको लागी ब्यबस्था गरिने छ।
१३)देशको पर्यटन,प्रबर्धन साथै कला र संस्कृतिको संरक्षणको लागी गर्दै आएको नेपाल फेस्टिबल साथै यस्ता प्रकृतिमा कामलाई बिशेष रुपमा महत्व दिँदै स्थानीय नेपाली समाजका समस्याहरुको पहिचान गरि यसलाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गरिने छ।
अन्तमा: केही महत्वपूर्ण बिषयहरु छुट्न गएमा यहाँहरुको सरसल्लाह र सुझाव बाट अबस्य समेटिने छ।धन्यवाद, जय नेपाल। जय एनआरएनए ।

प्रतिकृया दिनुहोस्