भरतपुर- भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा तीन दिनदेखि ठप्प भएको छ । अस्पतालमा भएको एउटा सिटी स्क्यान मेसिन बिग्रिएपछि सेवा ठप्प भएको हो । मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या देखिएकोले सेवा बन्द भएको अस्पतालले मंगलबार सूचना जारी गरी जानकारी दिएको हो ।
सिटी स्क्यान मेसिन सञ्चालनमा आउन अझै कम्तीमा चार दिन लाग्ने भरतपुर अस्पतालका मेसु प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए । ‘सिटी स्क्यान मेसिन ल्याएको कम्पनीले नै सिंगापुरबाट सामान ल्याउने हो । सामान यहाँ आइपुग्न अझै चार दिन लाग्ने कम्पनीले बताएको छ’, उनले भने ।
उनका अनुसार अस्पतालले फिलिप्स कम्पनीको सिटी स्क्यान मेसिन आर्थिक वर्ष २०७३/७४ मा खरिद गरेको हो । यो मेसिनले अस्पतालमा दैनिक ३० देखि ४५ जना बिरामीको सिटी स्क्यान हुँदै आएको थियो । भएको एउटै मेसिन बिग्रिएपछि बिरामीले निजी अस्पतालमा गएर महँगोमा सिटी स्क्यान गर्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस्