६ श्रावण २०८०, शनिबार ०८:३०
भरतपुर – नेपाल टेलिकम वर्कस युनियनले भरतपुरमा रक्त संकलन गरेको छ । युनियनको २३औँ वार्षिकोत्सव एवं ४२औँ विपी स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए ।
जिल्लामा रगतको माग बढेको कारण आममानिसलाई लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाइएको नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष सुरेश अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले रगतको अभाव भएको बेला रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै सबैलाई रगत संकलनमा सहभागी हुन आह्वान् गरे ।

प्रतिकृया दिनुहोस्