भरतपुर, १२ असार
भरतपुर महानगरपालिकाले नगरभित्र सार्वजनिक सडकहरुको वरपरका क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन निर्देशन दिएकाे छ । सडकाे दाँयावाँया राखिएका अनधिकृत संरचना, पेन्टिङ तथा होर्डिङ बोर्डहरू हटाउनटाउन अटेर गरे महानगरले नै हटाउने र हर्जना समेत लगाउने तयारी महानगरकाे छ ।
महानगरपालिकाले सूचना प्रकाशन गरेर सम्बन्धित सरोकारवालालाई सवारी आवगमनमा बाधा पुर्याउने गरी निर्माण सामग्री र मालवस्तुहरु राख्ने वा व्यापार गर्ने, सहरको सौन्दर्य नै कुरुप बनाउने गरी सडकमा लोगो र अन्य पेन्टिङहरु गर्ने, सडक क्षेत्राधिकारमा अनुमतिबिनाका होर्डिङ बोर्ड, पोस्टर, पम्प्लेट, पर्चा, ब्यानर, गेट टाँस्ने वा राख्ने कार्यहरु गरिएको पाइएकाले उक्त कार्य नगर्न, नगराउन आग्रह गरेकाे हाे ।
भरतपुर महानगरपालिकाले मंगलबार सूचना प्रकाशन गरि ३५ दिनभित्र उक्त सामग्री, संरचना र पेन्टिङहरु हटाउन अनुरोध गरेको हो । ३५ दिनभित्र पेन्टिङ र बोर्ड नहटाइएमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १८, १९, २१ बमोजिम महानगरले नै हटाउने र हटाउँदा लागेको खर्चसमेत सरकारी हर्जाना बाँकी सरहबाटै असुलउपर गरिने सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्